Trending

प्रधानमन्त्री कार्की साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज (असोज ९ गते) राष्ट्रका नाममा सम्बोधन गर्दै छिन् ।

भदौ २७ गते अन्तरिम सरकार प्रमुखमा नियुक्त भएकी प्रधानमन्त्री कार्कीले पहिलोपटक सम्बोधन गर्न लागेकी हुन्।

उनले सम्बोधनका क्रममा सरकारका प्राथमिकता र वाचाहरु सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा यसको तयारी भइरहेको छ। मुख्यसचिवसहित केही सचिवहरू पनि यसमा संलग्न छन्।

प्रधानमन्त्रीको सम्बोधनअघि आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ।

भदौ २३ र २४ गतेको जेनजी विद्रोहको बलमा कार्की प्रधानमन्त्री बनेकी हुन् । उनको नेतृत्वमा नयाँ सरकार बनेसँगै संसद विघटन भएको छ भने फागुन २१ गते निर्वाचन तोकिएको छ ।

नयाँ सरकारले भ्रष्टाचारका काण्डहरूको छानबिनसँगै जेनजी आन्दोलनमा भएको विध्वंस र दमनको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने चौतर्फी दबाब छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button