बैतडीमा भ्यान दुर्घटना हुँदा १० जना घाइते

धनगढी । जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका-७ स्थित भञ्ज्याङमा ‘इलेक्ट्रोनिक भ्यान’ दुर्घटना भएको छ ।
धनगढीबाट पुर्चाैंडी हाट जाँदै गरेका सु प प्र ०२ ००१ ज ६२० नम्बरको ‘इलेक्ट्रोनिक भ्यान’ शनिबार दिउँसो दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परि घाइते भएका यात्रुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएका हुन ।
प्रहरी अनुसार पुर्चाैंडी वडा नम्बर-५ का १५ वर्षीय भुवन साउद, २८ वर्षीया यशोदा भट्ट, ५ वर्षीय कोविट पन्त, २८ वर्षीया पवित्रा पन्त रहेका छन, भने पुर्चाैंडी वडा नम्बर-४ का १९ वर्षीया कमला धानुक, २२ वर्षीय प्रकाश धानुक, ५ वर्षीय नरेश बोहरा, २८ वर्षीया वसन्ती अवस्थी, १७ वर्षीय विक्रम साउद र २२ वर्षीया सावित्री धामी रहेका छन् ।
भ्यानमा अठार जना सवार यात्रु मध्ये अन्य आठ जना जनालाई समान्य चोटपटक लागेको थियो । घाइते सबैजना बैतडीको पुर्चाैंडी नगरपालिकाभित्रका रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।
दुर्घटना ग्रस्त भ्यान सडकबाट करिब पचास मिटर तल खसेको थियो । दुर्घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।





