विपद् जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन

काठमाडौ । गृह मन्त्रालयले विपदको जोखिम नरहेका तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूमा सोमबारदेखि सार्वजनिक सेवा सुचारु गर्न गराउन निर्देशन दिएको छ ।

असोज १९ गते मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार मार्फत उक्त निर्देशन दिएको हो ।मन्त्रालयका शाखा अधिकृत सुमन भट्टराईले हस्ताक्षर गरेको विज्ञप्तिमा विपदको जोखिम नरहेका तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूमा सार्वजनिक सेवा सुचारु गर्न गराउन देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई उक्त निर्देशन दिएको विज्ञप्तिमा भनिएको छ ।

सरकारले यसअघि विपद्को सम्भावित जोखिम कारण आज र भोलि दुई दिन सार्वजनिक बिदा दिएको थियो । तर, बाढीपहिरोका कारण राजमार्गहरू अवरुद्ध हुँदा दशैँ मनाउन घर गएकाहरू कार्यस्थलमा फर्किन अझै समय लाग्ने देखिएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button