जुवाखालमा प्रहरीको छापा, १३ लाख बढि बरामद

बरिष्ठ सईसहित १४ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जमा संचालन भइरहेको एक जुवा अड्डामा छापा मारेको छ । नेपालगन्जस्थित एक ठुलो जुवाखालबाट नेपाल प्रहरीका एक वरिष्ठ सईसहित एक दर्जनबढी हाइप्रो फाइल जुवाडेहरुलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीको निर्देशनमा इन्स्पेक्टर यम बहादुर बुढामगरको कमाण्डमा गएको टोलीले गए राति ११ बजे नेपालगन्ज बाइपासमा रहेको मौरी रेस्टुरेन्टको जुवाखालमा छापा मारेको हो । जुवाखालबाट बाँकेका हाइप्रोफाइल जुवाडेहरुलाई साढे १३ लाख रुपैयाँ बढी सहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बिज्ञान श्रेष्ठ, गणेश बस्नेत, सेताज अन्सारी, ऋषी गुप्ता, तरुण गौतम, विनोद खड्का, महम्मद तफिक बेहना, रमेश शाही, संगम शाह रहेका छन् । प्रहरीका अनुसार अन्य जुवाडेहरुमा मधुसुदन दाहाल, मेघराज गौतम, भागीरथ यादव, नन्दलाल यादव र सुमन केसी रहेका छन् ।

  1. मौरी रेस्टुरेन्टको दोस्रो तलाको एक कोठामा ठुलो धनराशी सहित जुवा भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मारेको प्रहरीले जनाएको छ ।

प्रहरीले जुवाखालबाट १३ लाख ६३ हजार ८ सय रुपैयाँ र तासका गडडी समेत बरामद गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पतालीले बताए ।

पक्राउ परेका सबै जुवाडेहरुलाई आज थप अनुसन्धानका लागि म्याद थपका लागि बाँके जिल्ला अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। (खबरकुरा डटकमबाट)

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button