उच्च अदालत नेपालगञ्जले सेवा विस्तार गर्दै नियमित काम सुरु
बाँके । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले अघिल्लो असार २४ गते आएको आन्धी–पानीका कारण स्थगित भएका न्यायिक सेवाहरू पुनः सञ्चालन गर्ने निर्णय गरेको छ।
अदालतका कार्यकारी प्रमुखको अध्यक्षतामा भएको बैठकले आंशिक रूपमा रोकिएका सेवाहरू विस्तार गर्दै अदालतका नियमित कामहरू पुनः सुरु गर्ने निर्णय गरेको हो।
अदालतका रजिष्टार सपना अधिकारीद्वारा जारी सूचना अनुसार अबदेखि नयाँ घप (फाइल) दर्ता, फायल पुर्जी जारी, अभियोजन पत्र दर्ता तथा सुनुवाइ, निवेदन र रिट दर्ता, सुकुम्बासी जमिन कार्यविधि–२०७९ का दफा १५५ र ७३ अनुसारका निवेदनहरूको दर्ता तथा सुनुवाइ, फैसला प्रतिलिपि वितरण, चालु मुद्दा र मिलापसम्बन्धी कार्यहरूको सुनुवाइ लगायतका सेवा विस्तार गरिएको छ।






