प्रहरीले चाडपर्वका बेला नागरिकलाई अपील

मेराज सलमानी

नेपालगन्ज । वडा प्रहरी कार्यालय नेपालगञ्जले आसन्न महान् चाड विजयादशमी, दीपावली, छठपर्व तथा नेपाल संवत ११४६ को अवसरमा सर्वसाधारणलाई लक्षित गर्दै जनहित सन्देश जारी गरेको छ । प्रहरीले चाडपर्वका समयमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न नागरिकलाई सचेत रहन आग्रह गरेको हो । चाडका बेला कुनैपनि अप्रिय घटना नघटोस भन्ने उद्देश्यले नागरिकहरूलाई विभिन्न सावधानी अपनाउन अपिल गरेका हुन ।

वडा प्रहरी कार्यालय नेपालगन्जले एक विज्ञप्ति जारी गर्दै यात्राका दौरान कुनैपनि समस्या परे नजिकको प्रहरीलाई तुरुन्त खबर गर्न आग्रह गरेको छ । वडाले सवारी साधन सीमित गतिमा मात्र चलाउन र मादक पदार्थ सेवन गरी सवारी नचलाउन अनुरोध गरिएको छ ।
यसैगरी समाजमा होहल्ला, झगडा, जुवा–तास जस्ता गतिविधि नगर्न, सार्वजनिक स्थान वा सडकमा शंकास्पद वस्तु वा गतिविधि देखे प्रहरीलाई जानकारी गराउन, साथै लामो समय घर बन्द राख्दा वा पैसा–गहना छोड्दा पनि प्रहरीलाई जानकारी गराउन विज्ञप्तिमा भनिएको छ ।

प्रहरीले आतिशबाजी, पटका, बिस्फोटक पदार्थ तथा अशान्ति फैलाउने कार्य नगर्न, ठूलो आवाजमा साउन्ड सिस्टम वा स्पिकर बजाएर ध्वनि प्रदूषण नगर्न र बजारमा कृत्रिम अभाव वा कालोबजारी सिर्जना नगर्न व्यापारीलाई पनि सचेत गराएको हो ।

प्रहरीले चाडपर्वको नाममा धार्मिक, जातीय वा सामाजिक सद्भावमा खलल पुर्‍याउने कुनैपनि कार्य नगर्न सुचना प्रकाशित गरि गरेर आग्रह गरेका छन । दीपावलीका बेला दियो, मैनबत्ती तथा झिलिमिली बत्ती तथा बिजुली उपकरण प्रयोग गर्दा सावधानी अपनाउन पनि जनाएका हुन ।

प्रहरीले जनसहयोग र आपतकालीन अवस्थाका लागि प्रहरीको आपतकालीन नम्बर १००, र मोबाइल नम्बर ९८५८०८०९९९, एवं कार्यालय प्रमुखको सम्पर्क नम्बर ९८५८०८०९९८ सार्वजनिक गरेका छन ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button