ब्राउन सुगर सहित पक्राउ परेका नईम खाँ उपचारपछि पुनःप्रहरी थुनामा
मेराज सलमानी

नेपालगन्ज । बाँके जानकी गाउँपालिका वड़ा न.५ का ४३ वर्षीय नईम खाँलाई कोहलपुर नगरपालिका–१४ पार्वतीपुरबाट ३३ ग्राम ९१० मिलिग्राम लागुऔषध (ब्राउन सुगर) सहित पक्राउ गरी प्रहरी हिरासतमा राखिएको थियो।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा खाँको स्वास्थ्यमा समस्या देखिएपछि उपचारको आवश्यकता परेको र देशव्यापी रूपमा भदौ २३ र २४ गते भएको GEN-Z आन्दोलनका कारण सिर्जित विषम परिस्थितिलाई ध्यानमा राख्दै असोज २४ गते निजलाई सहोदर छोरा शेर मोहम्मद खाँको जिम्मा जमानीमा छाडिएको थियो।
उपचार सम्पन्न भएपछि नईम खाँ लाई असोज २७ गते इ.प्र.का. कोहलपुरमा थुना मा राखी थप अनुसन्धानमा भई रहेको प्रहरी ले जनाए को छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेले जारी गरेको प्रेस विज्ञप्तिमा विभिन्न सञ्चार माध्यममा प्रसारित समाचारहरूमा सत्यता नरहेको जनाउँदै अनधिकृत वा अपुष्ट समाचार नफैलाउन सबैमा आग्रह गरिएको छ।






