लागूऔषध विरुद्धको निःशुल्क परामर्श सेवा केन्द्रका पदाधिकारी र बाँके प्रहरी प्रमुख एसपी जीसी बिच भेटघाट
नेपालगञ्ज । लागूऔषध विरुद्धको निःशुल्क परामर्श सेवा केन्द्र नेपालगञ्जका पदाधिकारी बीच जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख (एसपी ) अंगुर जीसीसँग आज भेटघाट सम्पन्न गरेको छ । केन्द्रका पदाधिकारीहरूले जिल्ला प्रहरी कार्यालय बाँकेका नयाँ प्रहरी प्रमुखसँग आबद्ध पहिलो औपचारिक भेटघाट बुधबार सम्पन्न गरेको हो ।
हालै बाँके जिल्लामा कार्यभार सम्हाल्नुभएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख (एसपी ) अंगुर जीसीले समाजलाई लागूऔषधको दुष्प्रभावबाट जोगाउन प्रहरी र नागरिक समाजबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै आगामी दिनमा सचेतना, उपचार तथा पुनः स्थापना अभियानमा थप सघाउने प्रतिबद्धता व्यक्त गरेका छन ।
भेटघाट क्रममा केन्द्रका अध्यक्ष दिपेन्द्र जोशीले संस्थाको उद्देश्य, गतिविधि र आगामी योजनाबारे जानकारी दिंदै हालसम्मका गतिविधि तथा लागूऔषध सेवनकर्ताहरूका लागि सञ्चालनमा रहेका निःशुल्क परामर्श, उपचार र पुनः स्थापना सेवाबारे विस्तृत जानकारी गराएका थिए । जाेशीले प्रहरी प्रशासनसँगको निरन्तर सहकार्यले लागूऔषध नियन्त्रण अभियानलाई अझ प्रभावकारी र विश्वासिलो बनाएको बताए । भेटघाटले लागूऔषध मुक्त समाज निर्माणका लागि प्रहरी प्रशासन र नागरिक समाजबीचको सहकार्यलाई अझ मजबुत बनाएको सेवा केन्द्रका कार्यसमिति सदस्य माेहम्मद आरिफ अन्सारीले बताए ।






