‘मेरो बुवा’ गीतको म्युजिक भिडियो सार्वजनिक

          नेपालगन्ज । पत्रकार तथा जनवादी गायक डबल महताराको एकल गीत ‘मेरो बुवा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । साहित्यकार तथा लेखकसमेत रहेका महताराले आफ्ना बुवाको सम्झनामा लेखिएको उक्त गीत २०८० सालको मंसिर चार गते रेकर्ड गराएका थिए ।

            सप्तरङ्गी मञ्चको डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतमा चर्चित सङ्गीतकार कमल अधिकारीले सङ्गीत एवम् सङ्गीत संयोजन गरेका छन् । महताराको आफ्नै स्वर तथा शब्द रहेको गीतको भिडियो सम्पादन उनका सुपुत्र सुबल महताराले गरेका हुन् । देशमा आमूल परिवर्तन गर्न सानैदेखि जनयुद्धमा होमिएका महताराले घर भेट्न नपाउँदै आफ्ना बुवाको निधन भएपछि मनमा उत्पन्न भएको भावनालाई गीतमा रमेटेर गाएका छन् । उनले जनयुुद्धको समयमा जनता जगाउन जनसत्ता, पत्रकारिताका साथै जनवादी कलाकार बनेर गाउँगाउँमा पुगेका थिए ।

          गीतकार महताराका तत्कालिन समयमा जनादेश साप्ताहिक, जनदिशा र जनसन्देश दैनिकमा दर्जनौँ जनवादी गीत प्रकाशन भएका थिए । यसका अतिरिक्त उनका मुक्तियुद्ध–खण्डकाव्य, हृदयको संसारभित्र–गजल सङ्ग्रह, जुग जगाउँदाखेरि–संस्मरण, आधुनिक नेपाली व्याकरण लगायतका कृतिहरू प्रकाशन भएका छन् ।
नेपाली साहित्यमा स्नातकोत्तर तह उत्तीर्ण गरेका महतारा शिक्षण पेसामा पनि आवद्ध छन् । उनले निरक्षर आमाबुवाले धेरै दुःखकष्ट गरी पढाएर अन्तमा देश र जनताको लागि युद्धमा होमिएको छोराले व्यवस्था फेरेको देख्न नपाउँदै परलोक भएपछि क्रान्तिकारी छोराको हृदयमा उत्पन्न भावलाई गीतमा प्रस्तुत गरेका छन् ।

म्युजिक भिडियो डबल महतारा युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । उक्त गीतको लिङ्क Mero buwa “मेरो बुवा” | Dabal Mahatara| Kamal Adhikari| Subal Mahatara|  रहेको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button