पत्रकार कुटपिटको घटनाप्रति प्रेस सेन्टर बाँकेको भर्त्सना

मेराज सलमानी

बाँके । कोहलपुरका पत्रकार डिल्ली शाही माथि समाचार संकलनको क्रममा भएको कुटपिटको घटनाप्रति प्रेस सेन्टर नेपाल, जिल्ला समिति बाँकेले कडा शब्दमा भर्त्सना गरेको छ।

प्रेस सेन्टर बाँकेद्वारा जारी विज्ञप्तिमा भनिएको छ राप्तीसोनारी–९ बुच्चापुरमा इन्द्र बहादुर खत्रीको बाघको आक्रमणबाट मृत्यु प्रकरणको समाचार संकलनका क्रममा शाही माथि गरिएको दुर्व्यवहार र कुटपिटले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षामाथि गम्भीर आघात पुगेको छ ।

विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक हितमा हुने समाचार संकलन र प्रसारण गर्न पाउने अधिकार नेपालको संविधानले सुनिश्चित गरेको हो। यस्तो कार्यले सञ्चारकर्मीको मनोबल कमजोर पार्ने मात्र होइन, स्वतन्त्र पत्रकारिताको वातावरणमा बाधा पुर्‍याउने काम गरेको छ।”

प्रेस सेन्टरले दोषीहरुलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न, पीडितलाई न्याय दिलाउन र पत्रकारको सुरक्षाको सुनिश्चितता गर्न माग गरेको छ ।

विज्ञप्तिमा प्रेस सेन्टर बाँकेले सबै सञ्चारकर्मीलाई ऐक्यबद्धता जनाउँदै पत्रकारमाथिको कुनै पनि प्रकारको धम्की, आक्रमण वा दुर्व्यवहार सह्य नहुने चेतावनी दिएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button