आइशा मदरसामा ३ महिने कम्प्युटर तालिम शुरु

 

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगर पालिका वडा नम्बर –५ मा रहेको आइशा मदरसातुल बनात बालिका माध्यमिक विद्यालयले मुस्लिम समुदायका बालिकाले अध्ययन गर्ने मदरसामा जिल्लामै पहिलो पटक कम्प्युटर शिक्षाको तालिम शुरु गरेको छ ।आइशा मदरसातुल बनात बालिका माध्यमिक विद्यालयको आयोजनामा ३ महिने आधारभूत कम्प्युटर तालिमको उद्घाटन कुरआन तिलावतबाट शुरु गरेको हो । कार्यक्रमको उद्घाटन आइशा मदरसातुल बनानात बालिका माध्यमिक विद्यालयका संस्थापक एवं सचिव मो. असलम हलवाईको प्रमुख अतिथीमा शनिबार एक औपचारिक कार्यक्रमका बिच रिबन काटेर गरेका हुन ।कार्यक्रममा हलवाईले बोल्दै मदरसा शिक्षालाई आधुनिकीकरण बनाउनका लागि सो मदरसाले यस जिल्लामा पहिलो पटक यस्तो शिक्षा सञ्चालन भएको बताउनुभयो । उनले सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको समेत कामना गरेका छन् ।

कार्यक्रममा विद्यालयका कोषाध्यक्ष मो. आलमीन राई, प्रधानाध्यापक कश्फु खान तथा कम्प्युटर प्रशिक्षक शकील अहमद राई लगायत आधादर्जन वक्ताहरुले बोलेका थिए । यसैगरी कक्षा नौ र दसका विद्यार्थीहरुले तिलावते कुरआन, वक्तित्वकला, हम्दोसना (नात)लगायत मीठो स्वरमा प्रस्तुत गरेका छन ।विसं २०६३ मा धार्मिक विद्यालय मदरसाका रुपमा स्थापना भएको उक्त मदरसामा उर्दुको साथै नेपाली, गणित, सामाजिक, विज्ञान, अंग्रेजीलगायत विषयमा विद्यार्थीले शिक्षा प्राप्त गर्दै आएका छन् भने यससँगै अब कम्प्युटर शिक्षाको अध्ययन गर्न पाउने भएका हुन् ।

मा.वि सरहको शिक्षा प्रदान गर्दै आएको सो विद्यालयमा हाल करीब ६७८ मुस्लिम विद्यार्थीले पठनपाठन गर्दै आएको विद्यालयका प्रधानाध्यापक कश्फु खानले बताए । कार्यक्रमको समापन विद्यालयका प्रधानाध्यापक अध्यक्षतामा कश्फु खानको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक जिनत हलवाईले सञ्चालन गरेका थिइन । कार्यक्रममा शिक्षक, अभिभावक तथा विद्यार्थीलगायतको उपस्तिथि थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button