लागुऔषध सहित दुईजना पक्राउ
मेराज सलमानी

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार २०८२ साल कार्तिक १२ गते नेपालगञ्ज उपमहानगरपालिका–१३ स्थित रोयल क्याफेमा लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो। सो क्रममा नेपालगञ्ज–९ बस्ने वर्ष ३८ का चाँद अली शेष र ए.ए. बस्ने वर्ष ३१ का बब्लु शेखलाई नियन्त्रणमा लिइएको हो।
शंकास्पद रूपमा खानतलासी गर्दा उनीहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थ ४ ग्राम ५१० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ।
उनीहरू विरुद्ध लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी बाँके जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक केशब के.सी.ले जानकारी दिएका छन्।





