भेरी अस्पतालमा रेबिजका बिरामी बढ्दै

मेराज सलमानी

नेपालगन्ज । पछिल्ला दिनमा भेरी अस्पताल नेपालगन्जमा रेबिज बिरामीको संख्या  उल्लेखनीय रूपमा बढ्दै गएको अस्पताल स्रोतले जनाएको छ।

भेरी अस्पतालका सिनियर अहेव कृष्ण बहादुर बुढाथोकीका अनुसार दैनिक करिब ८० देखि ९० जना बिरामी रेबिज संक्रमणको जोखिमसहित उपचारका लागि अस्पतालमा पुग्ने गरेका छन्। बिरामीको संख्या बढ्दै गएपछि उनले जनचेतना र सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।कुकुर, बिरालो वा अन्य जनावरले टोकेको अवस्थामा ढिलाइ नगरी तुरुन्त नजिकको स्वास्थ्य संस्थामा पुगेर रेबिज विरुद्धको खोप लिनु अत्यावश्यक हुन्छ,” बुढाथोकीले बताए। उनका अनुसार कुनै पनि जनावरले टोकेको अवस्थामा समयमै रेबिज विरुद्धको खोप नलगाए ज्यान समेत गुम्ने जोखिम रहन्छ।

भेरी अस्पतालले रेबिजका विरामीका लागि निःशुल्क खोप सेवा उपलब्ध गराउँदै आएको छ। स्वास्थ्यकर्मीहरूले जनावर पाल्ने र सडकमा हिँड्दा सावधानी अपनाउन आग्रह गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button