भेरी अस्पतालमा रेबिज भ्याक्सिनको अभाव
रेबिजका बिरामले भेरी अस्पतालमा भ्याक्सिन नपाएपछि बाहिरबाट किन्न बाध्य भएका छन ।
मेराज सलमानी
बाँके । पश्चिम नेपालको प्रमुख स्वास्थ्य संस्था भेरी अस्पताल, नेपालगञ्जमा रेबिजविरुद्धको भ्याक्सिन अभाव देखिएको छ। अस्पताल स्रोतका अनुसार हिजोदेखि रेबिज भ्याक्सिन उपलब्ध नहुँदा उपचारका लागि आउने बिरामीहरूलाई बाहिरबाटै भ्याक्सिन किनेर ल्याउन बाध्य हुनुपरेको छ।
अस्पतालमा रेबिजका बिरामीहरूलाई नियमित रूपमा निशुल्क भ्याक्सिन उपलब्ध गराइँदै आएको भए पनि हाल स्टक सकिएपछि सेवा प्रभावित भएको जनाएको छ।
भेरी अस्पतालमा दैनिक ८० देखि ९० जना रेबिजका बिरामी उपचारका लागि पुग्ने भएकाले भ्याक्सिन अभावले थप समस्या सिर्जना भएको छ। अस्पताल प्रशासनले केन्द्रीय आपूर्तिमा ढिलाइ भएका कारण अस्थायी रूपमा अभाव देखिएको बताएको छ।





