बर्षौदेखि लाग्दै आएको कार्तिक पूर्णिमा मेला जोगागाउँ र गुरुवागाउँमा शुरु

पुराना मेलाका रूपमा चिनिएका यी मेलामा बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रुपईडिहा, बाबागञ्ज, नानपारा, श्रावस्ती, खिरी लखिमपुर लगायतबाट मानिस आउने गर्छन ।

शकील अहमद राई

नेपालगञ्ज । बाँकेको चार स्थानमा आजदेखि कार्तिक शुक्ल पूर्णिमा अर्थात नहान मेला आजबाट शुरु भएको छ । जानकी गाउँपालिकाको दुई स्थान जोगागाउँ र गुरुवागाँउ तथा डुडुवा गाउँपालिकाको राप्तीनदीस्थित सिधिनियाघाट र राप्तीसोनारी गाउँपालिकाको टिकुलीपुर लगायत स्थानमा प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाको अवसरमा लाग्दै आएको मेला बुधबारदेखि शुरू भएको हो ।

जानकी गाउँपालिका वडा नं. २ जोगागाउँस्थित राम जानकी मन्दिर सगराकुट्टी क्षेत्र र बेलहरीस्थित शिव मन्दिर तथा नागा बाबाकुट्टीमा बर्षौदेखि लाग्दै आएको परमपरागत ऐतिहासिक कार्तिक पूर्णिमा मेला अर्थात नहान मेलामा राति साँस्कृतिक कार्यक्रम हुने गर्दछ ।पुराना मेलाका रूपमा चिनिएका यी मेलामा बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रुपईडिहा, बाबागञ्ज, नानपारा, श्रावस्ती, खिरी लखिमपुर लगायतबाट मानिस आउने गरेका मेला मूल समिताका अध्यक्ष लवकुश वर्माले बताए ।

जानकी गाउँपालिकाले मेला व्यवस्थापन एवं भण्डाराका लागि जोगागाउँ र गुरुवागाउँलाई दुई/ दुई लाख रुपैया सहयोग स्वरुप दिएको गाउँपालिका अध्यक्ष खाँले बताउनुभयो ।

धार्मिक तथा साँस्कृतिकका रुपमा विशेष महत्त्व रहेको यो ऐतिहासिक मेलाको संरक्षणका लागि आफूहरूले आवश्यक सहयोग गर्दै आएको वडा २ का वडाअध्यक्ष चन्द्रीका प्रसाद गुप्ताले जानकारी दिए ।यसैबीच कार्तिक शुक्ल पूर्णिमाका दिन राप्ती नदीमा स्नान गर्ने भक्तजनहरुको आज विहानैदेखि भिड लागेको छ । नदीमा स्नान गर्न बाँके लगायत विभिन्न स्थानबाट भक्तजनहरु आउने गर्दछन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button