जोहरान ममदानी न्युयोर्कको मेयरमा निर्वाचित

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिस्ट भनेर भोट नदिन आह्वान गर्दा पनि न्युयोर्कको मेयरमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जोहरान ममदानी विजयी भएका छन् । भारतीय मूलका ममदानीलाई वामपन्थी भन्दै ट्रम्पले उनले मेयर जितेमा सहयोग रोक्ने चेतावनी समेत दिएका थिए ।
३४ वर्षीय ममदानी न्युयोर्कको एक सय वर्षको इतिहासमा सबैभन्दा कम उमेरको मेयर बनेका छन् भने उनी पहिलो दक्षिण एशियाली मूलका मेयर समेत बनेका छन् । सन् १९९१ मा युगाण्डामा जन्मिएका जाेहरान ममदानी भारतीय बाबु आमाबाट जन्मिएका अमेरिकी नागरिक हुन् । उनकी आमा फिल्ममेकर मीरा नायर हुन् भने बुबा कोलम्बिया विश्वविद्यालयका चर्चित प्राध्यापक हुन् । ममदानी इजरायलका आलोचक हुन् ।
उनले भारतको केरल राज्यमा निर्वाचित सबैभन्दा कान्छी कम्युनिस्ट मेयर आर्यन राजेन्द्रनकाे प्रशंसा गरेको विषय चर्चामा थियो ।






