नेपालगन्जमा सडक दुर्घटना बढेपछि छाडा चौपाया नियन्त्रण  अभियान सुरु

मेराज सलमानी

बाँके । छाडा चौपायाका कारण बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्न नेपालगंजमा आज बिहानैदेखि छाडा गाई, गोरु नियन्त्रण अभियान सुरु गरेको छ । दैनिक रूपमा सडक दुर्घटना बढ्दै गएपछि नगर क्षेत्रका छाडा चौपायाहरु  नेपालगन्ज उप-महानगरपालिका बाँकेले सडकबाटै नियन्त्रण अभियान चलाएको हो ।

उप–महानगरपालिकाका मेयर प्रशान्त बिष्टका अनुसार सडकमा अनियन्त्रित रूपमा हिँड्ने गाई, गोरु, भैँसीलगायत छाडा चौपायाले ट्राफिक अवरोधको परिस्थिति सिर्जना बढ्दै गएपछि दुर्घटना न्यूनीकरण गर्ने नियन्त्रण अभियान कार्य सुरु गरेको बताए ।मेयर बिष्टका अनुसार उपमहानगरले नगर प्रहरीको विशेष टोली गठन गरी बजारमा मुख्य सडक र बजार क्षेत्र तथा आवासीय क्षेत्रमा चौपाया नियन्त्रण कार्य अभियान सुरु गरेको जानकारी दिए । उनले थपे नियन्त्रणमा लिइएका चौपायालाई सुरक्षित स्थानमा राख्ने पनि व्यवस्था गरेको बताए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button