निर्वाचन आयोगले मतदाता नामावली दर्ता र अद्यावधिक गर्न आग्रह

काठमाडौं । आउँदो प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोग, नेपालले मतदाता नामावलीमा नयाँ नाम दर्ता र अद्यावधिक कार्य तीव्र रूपमा भइरहेको जनाएको छ। आयोगले यस कार्यमा सबै नागरिकको सक्रिय सहभागिता हुन आग्रह गरेको छ।

आयोगका अनुसार माघ २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीस्वरूप देशभरका प्रदेश र जिल्ला निर्वाचन कार्यालयमार्फत मतदाता नामावलीमा नाम दर्ता तथा विवरण अद्यावधिक गर्ने काम सञ्चालनमा रहेको छ।

हालसम्म पनि नाम नदर्ता गराएका वा विवरण परिवर्तन गर्न चाहने नागरिकका लागि आयोगले सहज व्यवस्था मिलाएको छ। यसका लागि आवश्यक कागजातसहित सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पुग्न सकिने जनाइएको छ।

त्यसैगरी, आयोगले नागरिकहरूलाई https://applyvvr.election.gov.np/ वेबसाइटमार्फत अनलाइन प्रणाली प्रयोग गरी पनि आवेदन गर्न सकिने व्यवस्था गरेको छ। आवेदन गर्दा फोटो, नागरिकता प्रमाणपत्र, विवाह वा बसोबास परिवर्तनसँग सम्बन्धित प्रमाणपत्र आवश्यक हुने बताइएको छ।

आयोगले सबै मतदाता, राजनीतिक दल, सञ्चार माध्यम तथा सरोकारवालालाई मतदाता नामावली दर्ता र अद्यावधिक कार्यक्रममा सहयोग गर्न अनुरोध गरेको छ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भुर्तेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ — “सबै योग्य नागरिकले समयमै नाम दर्ता र विवरण अद्यावधिक गरी लोकतान्त्रिक अधिकारको प्रयोग गर्न सहयोग गर्न हार्दिक अनुरोध गर्दछ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button