नेपालगञ्जमा ट्याङ्करको ठक्करबाट एक किशोरको मृत्यु

मेराज सलमानी

बाँके । नेपालगञ्जको चौलिका चोकमा आज बेलुका करिब ५:३० बजे ट्याङ्करको ठक्करबाट एक किशोरको मृत्यु भएको छ।

जमुनाहाबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना ५ ख ६५९ नम्बरको ट्याङ्करले अन्दाजी १४ वर्षका एक युवालाई ठक्कर दिएको थियो। दुर्घटनामा परेका ती युवकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्याङ्कर चालक २४ बर्षिय शुरेश गिरी लाई प्रहरीले नियन्त्रणमा लिएको र मृतकको नाम ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button