अवैध तथा गैर–व्यावसायिक क्रियाकलापमा संलग्न १८ जना पक्राउ

मेराज सलमानी
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध तथा गैर–व्यावसायिक गतिविधि संचालन गर्दै आएको आरोपमा १८ जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार नेपालगञ्ज सहित कोहलपुर नगरपालिकाको विभिन्न स्थानमा सञ्चालन रहेका स्पा, मसाज सेन्टर तथा खाजा घरहरूको अनुगमनका क्रममा उनीहरू पक्राउ परेको हो ।
अनुगमनका क्रममा ११ जना महिला र ७ जना पुरुष गरी जम्मा १८ जना अवैध क्रियाकलापमा संलग्न रहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक दीपक पातलीले अवैध गतिविधि विरुद्धको अभियान निरन्तर जारी रहने बताएका छन्।





