भ्रष्टाचार मुद्दाका तीन जना फरार प्रतिवादी पक्राउ
मेराज सलमानी

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्ला अदालतबाट सजाय तोकिएका तीन जना भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी हरु लाई पक्राउ गरेको छ। २०७६/०५/२३ गतेको अदालतको फैसलाले कैद तथा जरिवाना दुबै तोकिएका उनीहरू हाल समेत फरार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अदालतको आदेशअनुसार कैद भुक्तान गराउन र जरिवाना असुलीका लागि आवश्यक प्रक्रिया अघि बढाइने बताइएको छ ।
पक्राउ पर्ने फरार प्रतिवादीहरू कहर सिंह थापा मगर ३ महिना कैद र रु.३७,२९१/-जरिबाना खिमलाल पाण्डे नायव सुब्बा ३ महिना कैद र रु ३७,२९१/-जरिबाना नेत्र बिक्रम थारु सब–ओभरसियर ३ महिना कैद र रु.३७,२९१/-माथी कैद र जरिवाना दुबै रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक पातलीले फरार सूचीमा परेकाहरूलाई पक्राउ गरी अदालतसमक्ष पेश गर्ने कार्य जारी रहेको बताए।





