नेपालगन्जमा डा. अन्सारीद्वारा आधुनिक ल्याप्रोस्कोपिक तथा लेजर सर्जिकल सेवा
मेराज सलमानी

नेपालगन्ज । बाँकेको नेपालगञ्जमा स्वास्थ्य सेवा आधुनिक प्रविधिसँग थप सुदृढ हुँदै गएको छ। वरिष्ठ ल्याप्रोस्कोपिक, दुरबिन तथा लेजर सर्जन डा. कमर हसन अन्सारीले निरन्तर रूपमा उच्चस्तरीय र किफायती सर्जिकल सेवा प्रदान गर्दै समुदायमा आधुनिक उपचारको नयाँ विश्वसनीयता स्थापित गरेका छन्।
एमबीबीएस तथा एमएस (General Surgery) सम्पन्न गरी विभिन्न जटिल सर्जिकल सेवामा अनुभवी डा. अन्सारीले नेपालगञ्जस्थित Sanjeevani College of Medical Science नजिकै रहेको Medicare Clinic मार्फत बिरामीलाई सहज, सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध गराउँदै आउनुभएको छ।
बिरामीप्रति मानवीय दृष्टिकोण, समस्या बुझ्ने क्षमता र सुरक्षित शल्यक्रियाप्रति उहाँको प्रतिबद्धता कारण उहाँ विश्वसनीय सर्जनका रूपमा परिचित हुनुहुन्छ। आधुनिक प्रविधिमा विशेषज्ञता डा. अन्सारी विशेषगरी दुरबिन (Laparoscopic) सर्जरी तथा लेजर प्रविधिमा दक्ष मानिन्छन्। दुरबिन प्रविधिबाट हुने शल्यक्रिया कम पीडादायी, न्यून रक्तस्रावयुक्त र छिटो निको हुने भएकाले बिरामीहरूका लागि प्रभावकारी मानिन्छ। यस्तै, पाइल्स, फिस्टुला र फिशरजस्ता संवेदनशील समस्या लेजर सर्जरीमार्फत छिटो, सुरक्षित र दीर्घकालीन प्रभाव भएको उपचार प्रदान गर्दै आएका छन्।
डा. अन्सारीद्वारा प्रदान गरिने प्रमुख सेवा–उपचार
गल्लब्लाडर स्टोन (पित्तथैली बसो) सर्जरी – दुरबिन प्रविधिबाट छिटो, सुरक्षित र कमजोखिमयुक्त शल्यक्रिया हर्नियाको आधुनिक उपचार – Mesh Repair तथा Laparoscopic Technique विविध प्रकारका सिस्ट तथा गाँठाको सर्जरी – सुरक्षित र संक्रमणमुक्त उपचार हाइड्रोसिल तथा आन्द्राको सर्जरी – वयस्क तथा बालबालिकाका लागि एपेन्डिक्स समस्या तथा क्यान्सर सम्बन्धी उपचार – Acute appendicitis को दुरबिन सर्जरी तथा पेट/आन्द्राको क्यान्सर व्यवस्थापन स्तनसम्बन्धी रोग (Breast Lump, Fibroadenoma, cyst आदि) – सूक्ष्म परीक्षण तथा आवश्यक सर्जरी पाइल्स, फिस्टुला, फिशरको लेजर सर्जरी – न्यून पीडा, छिटो सामान्य जीवनमा फर्किने सुविधा पेडियाट्रिक सर्जरी – बच्चाहरूमा हर्निया, हाइड्रोसिल तथा सामान्य सर्जिकल समस्याको उपचार थाइराइड रोग तथा सर्जरी – Goitre, nodules लगायत ग्रन्थिजन्य समस्याको पहिचान तथा उपचार अन्य पेटसम्बन्धी सम्पूर्ण सर्जिकल उपचार – ग्यास्ट्रिक, पेट दुखाइ, गाँठा तथा अन्य जटिल समस्या डाक्टर अन्सारीले नेपालगञ्जका नागरिकलाई घरमै बसेर बअत्याधुनिक उपचार सुविधा उपलब्ध गराएकोमा स्थानीयवासीले हर्ष व्यक्त गर्दै आएका छन्।
आधुनिक उपकरण, अनुभवी हात र मानवीय सेवा भावनासहित उहाँले क्षेत्रकै विश्वसनीय सर्जिकल केन्द्रको पहिचान मजबूत बनाइ रहनुभएको छ।





