नापी कार्यालय बाँकेमा सेवा प्रभावित, डिजिटल डाटा अभावले काम ठप्प

मेराज सलमानी

बाँके । नापी कार्यालय बाँकेले कार्यालयमा केही दिनदेखि सेवा प्रवाह अवरुद्ध भएको जनाएको छ। गत भाद्र २३ र २४ Gen-z आन्दोलन मा नापी कार्यालय का सबै कागजात जलेर नष्ट भएका का कारण प्राविधिक बाधा उत्पन्न भएकोले नियमित सेवा सञ्चालन प्रभावित भएको कार्यालयले जनाएको छ।

नापी कार्यालय का अनुसार भवनमा प्रशासनिक तथा प्राविधिक गतिविधि रोकिएपछि Nelis र Digital Data मा उपलब्ध डाटा हराई गएको ले नाम दर्ता तथा प्रमाणिकरण लगायतका सेवाहरू तत्काल प्रवाह गर्न नसकिने स्थिति आएको छ।

नापी कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख राजेन्द्र थापाले “प्राविधिक समस्या समाधान नभएसम्म सेवामा केही समय लाग्न सक्ने हुँदा सेवाग्राहीलाई धैर्य राख्न बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button