रिंकु कमलमाथि जबरजस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी
मेराज सलमानी
बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी नेपालगंज स्थित सुख्खा बन्दरगाह मा भन्सार एजेन्टको रुपमा काम गर्ने रिंकु कमलमाथि जबरजस्ती करणीको नयाँ मुद्दा दर्ता भएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कात्तिक २६ गते उनलाई प्रतिवादी बनाउँदै जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी गरिएको हो।
प्रहरीका अनुसार रिंकु कमल यसअघि अभद्र व्यवहार मुद्दामा समातीएर धरौटीमा छुटेका थिए। तर नयाँ मुद्दा दर्ता भएसँगै उनी हाल फरार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेले उनको खोजी तथा पक्राउ प्रक्रिया अघि बढाइएको जनाइएको छ।





