महेन्द्र बहुमुखी क्याम्पस परिसरमा भेटिएको शवको पहिचान खुल्यो

मेराज सलमानी

बाँके । नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको परिसरमा केही दिनअघि सडेको अवस्थामा भेटिएको शवको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उक्त शव राप्तीसोनारी गाउँपालिका निवासी मिना (मियोन) चौधरी रहेको पुष्टि भएको हो।

घटनास्थलमा शव झाडीमा लुकाइएको अवस्थामा भेटिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा परिवार र स्थानीयको सहकार्यमा पहिचान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी एवं प्रवक्ता दीपक पातलीले शव भेटिएको कारण, मृत्युको प्रकृति तथा घटनामा कोही संलग्न रहे/नरहेको भन्नेबारे थप अनुसन्धान भइरहेको बताए। प्रहरीले आवश्यक कानुनी प्रक्रिया र पोस्टमार्टमका आधारमा थप विवरण आउने जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button