पत्रकार अन्सारीलाई पितृ शोक

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य मोहम्मद आरिफ अन्सारीलाई पितृ शोक परेको छ । नेपाल प्रेस इन्ष्टिच्यूट, क्षेत्रीय सञ्चार स्रोत केन्द्र, नेपालगञ्ज भेरी एफएमका स्टेशन प्रमुख समेत रहेका अन्सारीका बुवा हाजी अजीज अहमद अन्सारीको ८९ वर्षकाे उमेरमा असमायिक निधन भएको हो ।

बिगत लामो समयदेखि अस्वस्थ रहनुभएका बुवाको गएराती करीब १२:३० बजेतिर नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३, फुल्वारी मस्जिद मार्गस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार बुवाको अन्तिम संस्कार (मिट्टी) आज दिउँसो करीब १ बजेतिर जाेहर नमाजपछि नेपालगन्ज वडा नम्बर ४ स्थित स्थानीय कब्रस्तानमा हुने छ । एक्लैनी निवासी स्वर्गीय अन्सारीका २ छोरा र ४ छोरी छन ।

यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ती मिलोस् भनि गहिरो समवेदना प्रकट गर्दै बाँके पोष्ट डटकम परिवार अल्लाहसंग प्रार्थना गर्दछ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button