गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना
गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापन हुँने भएको छ । नागरिकलाई खंलगा धाउनुपर्ने झन्झट हट्ने संकेत देखियो ।

धनगढी । शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न अर्थ मन्त्रालयले औपचारिक सहमति प्रदान गरेको छ।
भौगोलिक कठिनाइ र सेवाग्राहीलाई सहज रूपमा प्रशासनिक सेवा उपलब्ध गराउन गोकुलेश्वरमै कार्यालय खोल्ने निर्णय अर्थ मन्त्रालयले स्वीकृत गरेको हो।
लामो समयदेखि स्थानीयतह र नागरिकले माग गर्दै आएको यो कार्यालय स्थापनाको प्रक्रिया तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका गृहमन्त्री रमेश लेखकले अघि बढाएको थिए।
गत मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैठकबाट आएको निर्णयअनुसार कार्यालय स्थापना प्रक्रिया अब अन्तिम चरणतिर अघि बढ्नेछ।
इलाका प्रशासन कार्यालय स्थापना भएपछि शैल्यशिखर लगायत नौगाड, मार्मा, अपिहिमाल र लेकम गाउँपालिकाका नागरिकहरुलाई सेवा लिन सहज हुनेछ।





