चुन्ना मंसूरीका बुवा हाजी अब्दुल अजीज मंसूरीको निधन
मेराज सलमानी
बाँके । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नेपालगंज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अब्दुल वाहिद मंसुरी (चुन्ना)का बुवा हाजी अब्दुल अजीज मंसूरीको ७८ वर्षको उमेरमा निधन भएको छ।
परिवारिक स्रोतका अनुसार स्व. हाजी अब्दुल अजीज मंसूरीको भोलि मुस्लिम रीतिअनुसार अन्त्येष्टि गरिने बताए ।
उद्योगी–व्यवसायी क्षेत्रका सम्मानित व्यक्ति मंसूरी परिवारमा परेको यो दुःखद क्षणमा विभिन्न संघ–संस्था, उद्योगी व्यवसायी तथा स्थानीयहरूले समवेदना व्यक्त गरेका छन्।
स्व. हाजी अब्दुल अजीज मंसूरीको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने शुभेच्छा व्यक्त गरिएको छ।





