प्रधानमन्त्री कार्कीको मुस्लिम प्रतिको टिप्पणी बारे देशभर आलोचना

मेराज सलमानी
बाँके । मुस्लिम समुदायबारे अभद्र अभिव्यक्ति दिएको आरोपपछि प्रधानमन्त्री सुशीला कार्की देशभर चौतर्फी आलोचनाको घेरामा परेकी छन्।

हालै एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री कार्कीले इस्लाम धर्म र मुस्लिम महिलाबारे पर्याप्त ज्ञान बिना टिप्पणी गरेको भन्दै विभिन्न धार्मिक अगुवा, समुदाय प्रतिनिधि तथा नागरिक समाज आक्रोशित बनेका छन्।

बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक पहिचान भएको नेपालमा यस्ता संवेदनशील टिप्पणीले समाजमा विभाजन र अविश्वास बढाउने सम्भावना रहेको भन्दै आलोचकहरूले चिन्ता व्यक्त गरेका छन्।

बाँकेका मुस्लिम अगुवा मोहम्मद हारुनले भने,
“प्रधानमन्त्री जस्तो उच्च पदमा बस्ने व्यक्तिबाट यस्तो गैरजिम्मेवार टिप्पणी आउनु अत्यन्तै दुःखद छ।

यसले मुस्लिम समुदायको भावना मात्र होइन, हाम्रो राष्ट्रिय एकता र धार्मिक सहिष्णुतामाथि नै ठेस पुगेको छ।” यस विषयमा प्रधानमन्त्री कार्की को कुनै आधिकारिक प्रतिक्रिया हालसम्म आइसकेको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button