सडकपेटीको अवैध संरचना हटाउन नेपालगन्जमा चल्यो डोजर

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सडकपेटीमा अतिक्रम संरचना हटाउन सुरु गरेको छ । प्रारम्भिक चरणमा वीपी चोकदेखि धम्बोझी चोकसम्मको सडकपेटी कब्जा गरी अवैध संरचना हटाउन सुरु गरेको हो ।

सडकपेटीमा कब्जा अतिक्रम हटाउन पटक-पटक सार्वजनिक सूचना जारी गरेर सचेत गराउँदा समेत अवैध संरचना नहटाइएपछि डोजर लगाएर संरचना हटाउन थालिएको उपमहानगरले जनाएको छ ।

नगर प्रमुख विष्टले यसपछि क्रमशः धम्बोझी चोकदेखि पुष्पलाल चोकसम्म र गणेशमान चोकदेखि वीपी चोकसम्मको फुटपाथ क्षेत्र पनि ‘क्लियर’ गरिने स्पष्ट पारे ।

नगर प्रमुख प्रशान्त विष्टले नगरको मुख्य सडक ‘सुर्खेतरोड’ को पश्चिमतर्फ नालादेखि ७ फिट फुटपाथ ‘क्लियर’ गरी ग्रीनरी र अपांगमैत्री बनाउने योजना रहेको बताए । त्यसका लागि ठेकेदार कम्पनीसंग ठेक्का सम्झौता समेत भइसकेको प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले बताए ।

विष्ट आफैं उपस्थित भएर अतिक्रमित संरचना हटाउने कार्यको थालनी गरेका छन् । नेपाल प्रहरी र नगर प्रहरीको उपस्थितिमा डोजर चलाइएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button