बाँकेमा २४ घण्टा ‘क्विक रेस्पोन्स भेइकल’ (QRV) सेवा संचालन

मेराज सलमानी
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले सुरक्षा संवेदनशीलता र आपराधिक क्रियाकलापलाई नियन्त्रणमा राख्न नेपालगञ्जमा २४ घण्टा ‘क्विक रेस्पोन्स भेइकल’ (QRV) सेवा संचालनमा रहेको जनाएको छ।

प्रहरीको भनाइअनुसार चोरी, लुटपाट, झैँ–झगडा, सवारी दुर्घटना तथा विभिन्न आपराधिक गतिविधि रोकथाम र घटनामा तुरुन्तै रेस्पोन्स र नागरिक लाई भरपर्दो सुरक्षा सेवा प्रदान गर्नका लागी नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित बिपी चौकमा QRV टोली निरन्तर संचालन मा राखिएको छ।

प्रहरीले जनताको सुरक्षाका लागि यो सेवा अत्यन्त प्रभावकारी हुने बताउँदै आपराधिक गतिविधि, शंकास्पद घटना वा कुनै पनि सुरक्षासम्बन्धी सूचना तत्काल दिन प्रहरीसँग सम्पर्क गर्न आग्रह गरेको छ।

प्रहरी सहायता तथा सूचना दिनका लागि निम्न नम्बरहरू १००,९८५८०९०११०,९८५८०९०९५५ उपलब्ध गराइएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीले नागरिकलाई सुरक्षासम्बन्धी आवश्यक विषयमा प्रहरीलाई निरन्तर सहयोग गर्न पनि आग्रह गरिएको बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button