नेपालगञ्जमा हराई रहेका ४ वर्षीय बालकलाई प्रहरीद्वारा सकुशल परिवारको जिम्मा
मेराज सलमानी
बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१९, सुर्जीगाउँबाट हराइ रहेका ४ वर्षीय बालकलाई प्रहरीले सकुशल फेला पारी परिवारको जिम्मा लगाएको छ।
१४ गते दिउँसो करिब १:४० बजे, हराएका मोहम्मद सगीर बेहनाका ४ वर्षीय छोरा नूर आलम बेहनालाई सोही दिन नेपालगञ्ज उपमहानगरपालिका–४, सल्यानी बंगलामा स्थानीयको सहयोगमा फेला पारेको प्रहरीले जनाएको छ।
वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक शेखर खड्काका अनुसार फेला पारिएका बालकलाई आवश्यक प्रक्रिया पूरा गरी उनका बाबु मोहम्मद सगीर वेहनाको जिम्मा लगाइएको बताए।
प्रहरीले स्थानीयवासीको सहयोगप्रति आभार व्यक्त गर्दै बालबालिकाको सुरक्षाप्रति सजग रहन अभिभावकलाई अपिल गरेको छ।





