झुठो विवरणका आधारमा नेपाली नागरिकता लिने १० भारतीय नागरिक पक्राउ

मेराज सल्मानी

काठमाडौं । बिभिन्न जिल्ला बाट गलत विवरण प्रस्तुत गरी नेपाली नागरिकता लिएको अभियोगमा १० जना भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ परेकामध्ये भारत बिहार घर भई काठमाडौंको शंखमुलमा बस्दै आएका५५ वर्षीय भरतप्रसाद गुप्ता,३० वर्षीय राहुल गुप्ता,५० वर्षीया ज्ञानमति देवी गुप्ता ३९ वर्षीय गोपाल गुप्ता रहेका छन्।

यसै गरी बिहारकै स्थायी घर भई हाल ललितपुरको लगनखेल, गोंगबु तथा कलंकी क्षेत्रमा बसोबास गर्दै आएका ४४ वर्षीय रामसुन्दर गुप्ता,४३ वर्षीय रामप्रवेश गुप्ता,४६ वर्षीय भरत गुप्ता,४२ वर्षीया स्नेहलता गुप्ता,४९ वर्षीया मिनदेवी गुप्ता,५२ वर्षीय राजेशकुमार गुप्ता पनि पक्राउ परेका छन्।

उनीहरूले विभिन्न स्थानीय तहका कार्यालयमार्फत झूटो विवरण पेश गरी नेपाली नागरिकता बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ। पक्राउ परेकाहरू विरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button