अबैध भन्सार छलि ल्याइएको सामानसहित एक व्यक्ति पक्राउ
मेराज सलमानी
बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १३, बुलबुलियाबाट अबैध रूपमा भन्सार छलि तस्करी गरिएको सामानसहित एक व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार स्थानीय कजिम कवडियालाई भन्सार छलेर ल्याइएको प्लास्टिकको त्रिपालसहित पक्राउ गरिएको हो।
प्रहरीले उक्त त्रिपालको अनुमानित मूल्य रु. २७,००० बराबर रहेको जनाएको छ। बरामद गरिएको सामान तथा पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज, बाँकेमा पठाइएको प्रहरीले जानकारी दिएको छ।





