ठूलो परिमाणका अवैध केराव सहित संचालक प्रहरी नियन्त्रणमा

मेराज सलमानी
बाँके। नेपालगञ्जको खजुरा रोडस्थित एक गोदाममा प्रहरीले छापा मारेर ठूलो मात्रामा अवैध केराउ बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका–१ गुलरिया बसपार्क नजिक रहेको मुस्कान ट्रेडर्स मा छापा मार्दै ११३० बोरा अवैध केराउसहित सन्चालक मुबारक अहमद कबडियालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार भारतबाट भन्सार छली गरी ल्याई गोदाममा भण्डारण गरिएको ३३ हजार ९ सय किलो, करिब रु २० लाख ३४ हजार मूल्यबराबरको केराउ बरामद गरिएको छ।जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश बिष्टका अनुसार बिहीबार साँझ बरामद गरिएको उक्त अवैध (केराउ ) र सन्चालक मुबारकलाई आज आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बुझाइएको बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button