लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
मेराज सलमानी
बर्दिया । प्रहरीले लागुऔषध सहित दुई जना व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बर्दिया, इलाका प्रहरी कार्यालय मैनापोखर तथा लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा चेकजाँच गर्दै उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको हो।
बर्दियाको बढैयाताल गाउँपालिकाको वडा नं. ६ मैनापोखर बजार नजिक मोटरसाइकलमा सवार शङ्कास्पद दुई जनालाई रोकेर जाँच गर्दा सो लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक परिवर्तित नाम सङ्केत न.६६ बाढैयाताल र पछाडि सवार प्रवेश चमार उमेर २६ वर्ष, ठेगाना— बढैयाताल–११, लालपुर) पक्राउ परेका हुन्।
चेकजाँचका क्रममा भारततर्फ बाट ल्याइएका ५ पुडिया प्लास्टिकमा प्याक गरिएका ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बरामद लागुऔषधको तौल ५०.९ ग्राम रहेको उल्लेख गरिएको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय मैनापोखर मा राखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताएका छन्। प्रहरीले मोटरसाइकल चालक को नाम गोप्य राखेको छ।





