एमपीका चौधरीलाई पूर्ण छात्रवृत्ति प्राप्त
मेराज सलमानी

बाँके । नेपालगञ्ज स्थित मंगल प्रसाद नमुना माध्यमिक विद्यालयका छात्र विपिन चौधरी MBBS अध्ययनका लागि समावेशी कोटाको माध्यमबाट पूर्ण छात्रवृत्तिमा चयन हुन सफल भएका छन् ।
विद्यालयका अनुसार उत्कृष्ट तयारी, कडा परिश्रम र निरन्तर लगनशीलताका कारण विपिनले मेडिकल शिक्षा आयोगद्वारा लिइने MBBS प्रवेश परीक्षामा उच्च अंक हासिल गरी पूर्ण छात्रवृत्ति पाएका हुन्।
विपिनको सफलताले विद्यालय, अभिभावक तथा स्थानीय समुदायमा खुशी र गर्वको माहोल सिर्जना भएको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयका शिक्षकहरूका अनुसार विपिन अनुशासित, मेधावी तथा चिकित्सा क्षेत्रमा योगदान गर्ने लक्ष्यका साथ अघि बढिरहेका विद्यार्थी हुन्।
सम्पूर्ण विद्यालय परिवारले विपिन चौधरीलाई हार्दिक शुभकामना दिँदै आगामी शैक्षिक यात्रामा अझै ठूलो सफलता प्राप्त गर्न कामना गरेको छ।





