दिवङ्गत पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकार ले दिवङ्गत पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। २०८१ साल चैत्र १५ गते शुक्रबार दिउँसो राजधानीको तीनकुनेस्थित राजावादी प्रदर्शनकारीद्वारा आगजनी गरिएका भवनको भिडियो कैद गर्न पुगेका पत्रकार रजकको घटनास्थलमै निधन भएको थियो।

उक्त घटनापछि नेपाल पत्रकार महासंघले देशभर धर्ना, विरोध प्रदर्शन र दबाब कार्यक्रमहरू सञ्चालन गर्दै पत्रकारको सुरक्षाप्रति सरकारको ध्यानाकर्षण गराएको थियो। पत्रकारिताको दायित्व निर्वाह गर्ने क्रममा ज्यान गुमाएका रजकलाई राष्ट्रिय सम्मानका साथ सहिद घोषणा गर्नुपर्ने माग विभिन्न सञ्चार सम्बद्ध संस्थाहरूले निरन्तर उठाउँदै आएका थिए।

सरकारले पत्रकारिताको क्षेत्रप्रति गरेको योगदान, सार्वजनिक सूचना संकलनका क्रममा देखाएको साहस र उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो। सरकारको उक्त निर्णयको पत्रकार महासंघलगायत विभिन्न संचार संघ–संस्थाले स्वागत गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button