जानकीद्वारा नेपालगन्जका विभिन्न सरकारी कार्यालयलाई सामग्री हस्तान्तरण

बाँके । जानकी गाउँपालिकाले नेपालगन्जका विभिन्न सरकारी कार्यालयहरुलाई कम्प्युटर सामाग्री हस्तान्तरण गरेको छ । बुधबार गाउँपालिकामा आयोजित कार्यक्रममा “जेन-जी” आन्दोलनका दौरान क्षतिग्रस्त बनेका नेपालगन्जका ३ वटा सरकारी कार्यालयलाई सेवा प्रवाहमा सहजता ल्याउन कम्प्युटर सामाग्री हस्तान्तरण गरेको हो ।जानकी गाउँपालिकाको आर्थिक सहयोगमा पालिका अध्यक्ष छब्बन खाँ र प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय एवम् ३ नम्बरका वडा अध्यक्ष राजकुमार वर्माले संयुक्त रूपमा बाँके जिल्ला अदालत, मालपोत कार्यालय, नापी कार्यालय नेपालगन्जलाई एक एक थान प्रिन्टर, एक एक थान डेस्कटप कम्प्युटर सेट सहयोग स्वरूप हस्तान्तरण गरेका छन ।

यसैगरी जानकी गाउँपालिका अन्तर्गत वडा नम्बर ३ को वडा कार्यालयको आर्थिक सहयोगमा इलाका प्रहरी कार्यालय खजुराखुर्दलाई कम्प्युटर सामाग्री हस्तान्तरण गरिएको छ ।  वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार वर्माले एक थान प्रिन्टर र एक थान कम्प्युटर सेट कार्यालयलाई हस्तान्तरण गरेका हुन्  ।गाउँपालिका अध्यक्ष खाँको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास समितिका संयोजक राम अचल धोबी, जिन्सी शाखाका राजु यादव, इलाका प्रहरी कार्यालय खजुराखुर्दका प्रहरी नायव निरीक्षक खगेन्द्र श्रेष्ठ, आइटी अधिकृत विकास जिसि, अध्यक्षका स्वकीय सोहराब अली दर्जी, बाँके जिल्ला अदालतका प्रतिनिधि, मालपोत कार्यालयका प्रतिनिधि, नापी कार्यालयका प्रतिनिधि, जनप्रतिनिधि लगायतको उपस्थिति थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button