अवैध बालुवा तथा माटो उत्खननमा संलग्न सवारी साधन नियन्त्रणमा

मेराज सल्मानी
बाँके। प्रहरीले बाँकेमा अवैध रूपमा बालुवा तथा माटो उत्खनन एवं ढुवानी गर्ने सवारी साधनहरू नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी दिपक पातलीका अनुसार खजुरा गाउँपालिका वडा नं. ५, ६ र ८ अन्तर्गतका विभिन्न क्षेत्रमा अवैध रूपमा बालुवा तथा माटो उत्खनन तथा ढुवानीमा संलग्न सवारी साधनमाथि कारबाही गरिएको हो।

प्रहरीले उक्त क्रममा जेसीबी १ वटा, टिप्पर १ वटा र ट्र्याक्टर ११ वटा गरी जम्मा १३ वटा सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ।

नियन्त्रणमा लिइएका सवारी साधनहरू अनुसन्धान पश्चात आवश्यक कारबाहीका लागि खजुरा गाउँपालिकाको कार्यालयमा पठाइएको डिएसपी पातलीले जानकारी दिनुभयो।प्रहरीले प्राकृतिक स्रोतको अवैध दोहन रोक्न यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई थप कडाइका साथ अगाडि बढाइने बताएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button