जसपाबाट क्षेत्र नम्बर २ मा राई एकल सिफारिस

बाँके पोष्ट सम्वाददाता

जनता समाजवादी पार्टी बाँकेले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टीका केन्द्रीय महासचिव तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईलाई उम्मेदवार बनाउन सर्वसम्मत रुपमा एकल सिफारिस गरेको छ ।

जसपा बाँकेको आज सोमवार बसेको विस्तारित बैठकबाट बाँके निर्वाचन क्षेत्र नम्बर १, २ र ३ का लागि उम्मेदवारहरूको सिफारिस गरेको हो।

बैठकले बाँके निर्वाचन क्षेत्र नम्बर १ का लागि प्रत्यक्ष तर्फको उम्मेदवारमा अमर खड्का मोहम्मद सलीम हलवाई (बाबु नेता) को नाम सिफारिस गरेको छ भने बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष तर्फको उम्मेदवारमा लागि जय प्रकाश वर्मा (चिन्टु वर्मा) तरन्नुम बानो राई, हिरालाल लोनिया, गयासुद्दिन खान र असलम अन्सारीको नाम सिफारिस गरेको जसपा बाँकेका जिल्ला अध्यक्ष दुर्गाप्रसाद बर्माले जानकारी दिनु भयो ।

जनता समाजवादी पार्टी बाँकेले समानुपातिक तर्फ मोहम्मद जावेद खान, गीता कुमारी ठकुरी, हसिना खान, तरन्नुम बानो ढपाली, नसरीन हल्वाई, अनिस धोबी, रुही बानो हलवाई, किरण वर्मा, जनक कुमारी चिडीमार, हुमा युनुस हल्वाई, उमेस यादव र लिला सिंह मल्लको नाम सिफारिस गरेको छ ।

जसपा बाँकेले छनोट गरेको उम्मेदवारहरूको नामावलीको अन्तिम टुङ्गो जसपाको केन्द्रीय कमिटीले लगाउने र त्यसपछि उम्मेदवारहरूको टुङ्गो लाग्ने जसपाका महासचिव तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले जानकारी दिनुभयो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button