अवैध अटो रिक्सा नियन्त्रणमा लिन नेपालगन्ज उपमहानगरपालिकाको अभियान

मेराज सल्मानी
बाँके। नेपालगन्ज,उपमहानगरपालिकाले अवैध रूपमा सञ्चालनमा रहेका अटो रिक्सा नियमन गर्न नियन्त्रण अभियान सुरु गरेको छ।

नेपालगन्ज उपमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको संयुक्त पहलमा नेपालगन्जका विभिन्न स्थानबाट अटो रिक्सा नियन्त्रणमा लिन थालिएको हो।

यातायात व्यवस्था कार्यालयमा दर्ता नभएका तथा नेपालगन्ज उपमहानगरपालिकामा सूचीकृत नभएका अटो रिक्सालाई नियन्त्रणमा लिइएको नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले जानकारी दिनुभयो।

मेयर विष्टका अनुसार नेपालगन्ज बजार क्षेत्रमा आवश्यकताभन्दा बढी अटो रिक्सा सञ्चालनमा छन्, जसमा धेरैजसो अवैध रूपमा चलिरहेका छन्। जथाभावी सञ्चालनका कारण बजार क्षेत्रमा सवारी दुर्घटना बढ्दै गएको भन्दै अटो रिक्सा नियन्त्रित गर्न अभियान सुरु गरिएको उहाँको भनाइ छ।

उपमहानगरपालिकाले आगामी दिनमा पनि अवैध रूपमा सञ्चालन हुने सवारी साधनमाथि कडाइका साथ कारबाही जारी राख्ने जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button