एघारौँ राष्ट्रिय महाधिवेशनले पार्टीको गौरव वृद्धिः शंकर पोखरेल

नेपाल कम्यूनिष्ट पमर्टी (एमाले) का महासचिव शंकर पोखरेलले एघारौँ राष्ट्रिय महाधिवेशन पार्टीको गौरव वृद्धि गर्ने ऐतिहासिक महाधिवेशनका रूपमा सफलतापूर्वक सम्पन्न भएको बताउनु भएको छ ।
महासचिव पोखरेलले शुक्रवार फेसबुक स्टाटस लेख्दै महाधिवेशनका सन्देशहरुलाई अव पार्टी पंक्तिले आम जनताको वीचमा पुर्याउनुका साथै विधान महाधिवेशनबाट पारित नीतिका आधारमा अघि बढ्न सक्षम नेतृत्व चयन गरेको महाधिवेशनका १० वटा प्रमुख विशेषताहरू रहेकोमा जोड दिनु भएको छ ।
महासचिव पोखरेलले एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह नेपालको राजनीतिक इतिहासमै भव्य र ऐतिहासिक समारोह बन्न सफल भएको र पार्टी तथा नेतृत्व माथि भइरहेको घेराबन्दीलाई चिर्दै राष्ट्रिय राजनीतिक चुनौती सामना गर्न अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व अपरिहार्य रहेको सन्देश महाधिवेशनले स्पष्ट रूपमा प्रवाह गरेको दावी गर्नु भएको छ ।
विशेष आरक्षणको व्यवस्था गरि केन्द्रीय कमिटीमा नयाँ पुस्ताको सहभागिता, ११औं महाधिवेशनमा प्रायः सबै पदमा भएको प्रतिस्पर्धाले पार्टीको लोकतान्त्रिक छविलाई अझ सुदृढ बनाएको, आन्दोलनका अग्रज नेताहरूले स्वेच्छिक अवकाश लिने घोषणा गर्नु सकारात्मक र अनुकरणीय परम्पराको सुरुआत भएको र महाधिवेशनको व्यवस्थापन अत्यन्त चुस्त र दुरुस्त रहेको महासचिव पोखरेलले दावी गर्नुभयो ।
छोटो तयारी समयका कारण विदेशी पाहुनाहरू आमन्त्रण गर्न नसकिए पनि उद्घाटन समारोहमा नेपालका प्रमुख राजनीतिक दलका नेताहरूले व्यक्त गरेका विचारले नेकपा (एमाले) को नेतृत्वकारी भूमिका स्थापित भएको बताउँदै महासचिव पोखरेलले महाधिवेशन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने नेता पराजित हुनु दुःखद भएको भन्दै यस घटनाले पार्टी पंक्तिमा काम भन्दा प्रचारको प्रभाव बढ्दै गएको संकेत गर्नु भएको छ ।
महासचिव पोखरेलले एघारौँ महाधिवेशन भव्य र ऐतिहासिक रूपमा सफल भएको र यसले निर्णायक राष्ट्रिय शक्ति निर्माणको आधार तयार गरेको एघारौँ महाधिवेशनले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको नीतिलाई व्यवहारमा उतारेको बताउनु भयो ।
आन्दोलन र मुलुको हितका पक्षमा आगामी दिनमा पनि हामी सबै एकसाथ रहने बताउंदै महासचिव पोखरेलले महाधिवेशनलाई ऐतिहासिक रुपमा सफल बनाउन र महासचिवका रुपमा उम्मेदवार हुंदा सफल बनाउन भूमिका खेल्ने सबैप्रति धन्यवाद ज्ञापन गर्नु भएको छ ।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button