संविधान समाप्त पार्न खोजिदै छः पुर्वमन्त्री राई

समाजवादी पार्टीका महासचिव तथा पुर्वमन्त्री मोहम्मद इश्तियाक राईले वर्तमान अवस्थामा केही शक्तिहरु देशको संविधान समाप्त पार्न लागि षडयन्त्र गरिरहेको बताउनु भएको छ ।
वर्तमान संविधानमा संसोधन आवश्यक रहेपनि संविधान समाप्त भए २०६४ भन्दा पहिलेको अवस्था आउने भएकोले हामीलाई आंशिक रुपमा प्राप्त भएको अधिकारको सुनिश्चितताका लागि भएपनि संविधानको रक्षा आवश्यक रहेको बताउनु भएको हो ।

बाँके निर्वाचन क्षेत्र नं. ३ मा शनिवार आयोजना गरिएको जनतासंग सम्बाद कार्यक्रम कार्यक्रममा आप्mनो भनाई राख्दै पुर्वमन्त्री राईले आगामी निर्वाचनमा आफु र आफनाे दलले स्थानीय उम्मेदवार खोजेको बताउनु भयो ।
बाँके निर्वाचन क्षेत्र नं. ३ को विकासका लागि पैरासुट वाला बाहिरी नेता नभएर बाँके निर्वाचन क्षेत्र नं. ३ मा जन्मिएको, स्थानीय परिवेशमा भिजेको स्थानीय नेतालाई अगाडी बढाउन आवश्यक रहेकोे बताउनु भयो । बाँके क्षेत्र नं. २ को विकास जस्तै क्षेत्र नं. ३ मा विकासका लागि स्थानीय र प्रदेशको योजना आफ्नो पहलमा आएको प्रचारवाजी गर्ने जनप्रतिनिधीले गर्न नसक्ने बताउदै पुर्व मन्त्री राईले विकासका लागि संघीय सरकारबाट योजना र बजेटको व्यवस्थापन गर्न सक्ने उम्मेदवारलाई निर्वाचित गर्न आग्रह गर्नु भयो ।

आफु सानो राजनीतिक दलको नेता र मन्त्री भएर क्षेत्र नं. २ मा व्यापक विकास गरेको दावी गर्दे पुर्व मन्त्री राईले देशको सबभन्दा ठुलो पार्टीका नेतालाई निर्वाचित गरेर पठाएपछि क्षेत्र नं. ३ ले कुनै उपलब्धि हासिल गर्न नसकेको दावी गर्नु भयो । नेपाल सरकारमा सहभागी रहेको बेला भेरी अस्पतालको नयाँ भवन निर्माणका लागि अहम भुमिका निर्वाह गरेको पुर्व मन्त्री राईले बताउदै पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पार्टीको तर्फबाट प्रदीप यादवले सम्हालदा भेरी अस्पतालका लागि ३ अरब २५ करोड रकम बिनियोजन गराउन सफल भएपनि सरकार परिवर्तन हुंदा योजना कार्यान्वयन हुन नसकेको बताउनु भयो ।
“आफुलाई सिंघम बताउने नेता कै पार्टीको स्वास्थ्य मन्त्री भए तर योजना कार्यान्वयन भएन” पुर्व मन्त्री राईले भन्नुभयो–“विकास भाषण गरेर मात्र हुदैन त्यसका लागि इच्छाशक्ति र पहल आवश्यक हुन्छ” । नेपालगन्ज–गुलरिया सडक खण्डको स्तर उन्नतिका लागि आफु मन्त्री रहेको कार्यकालमा बजेटको व्यवस्थापन गरि योजनाको शिलान्यास गरेको बताउदै हाल सडकको स्तर उन्नति भई सकेकोमा खुशी व्यक्त गर्नु भयो ।

गत निर्वाचनमा मतदाताले आफुलाई मन पराएपनि धरौटी जफत हुने अवस्थाको सिर्जना गरि आप्mनो नैतिक धरातल र इमान बेचेर मलाई प्राविधिक रुपमा पराजित गरेको दावी गर्दै पुर्व मन्त्री राईले जनताको मत हरेक पटक मलाई बढ्दै गएपनि एक जना उम्मेदवारलाई पराजित गर्न देशका ठुला राजनीतिक दलहरु मिलेर एउटा उम्मेदवारलाई जिताएको आरोप लगाउनु भयो ।





