चिसो बढेपछि बाँकेका अधिकांश विद्यालय बन्द

नेपालगन्ज । केही दिनयता तराईमा चिसो अत्यधिक बढेपछि बाँकेका विद्यालयमा पठनपाठन बन्द हुन् थालेका छन् । चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि धमाधम विद्यालय बन्द गर्न थालेका हुन ।

नेपालगञ्ज उपमहानगरपालिकाले आठौं  विद्यालय स्तरीय मेयर कप तथा राष्ट्रपति रनिङ्गशिल्ड खेलाडी छनौट खेलकुद प्रतियोगिता सञ्चालन हुने र अत्यधिक चिसो मौसमका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने समेत देखिएकाले पौष ११ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गार्खबहादुर थापाले जानकारी दिए ।

यसैगरी बाँकेको कोहलपुर, खजुरा र जानकी गाउँपालिकाले बढ्दो शितलहर र हुस्सुका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै पौष ९ गतेदेखि ११ गते सम्मका लागि विद्यालय बन्द गरिएको सूचनामा उल्लेख छ । स्थानीय तहहरुले विद्यालय बन्दका आ-आफ्नै मापदण्ड तय गरेका छन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button