जानकीमा विपन्न परिवारलाई न्यानो कम्बल वितरण
नेपालगन्ज । बाँकेमा चिसो बढेपछि ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिला तथा अति विपन्न परिवारलाई न्यानो कम्बल वितरण गरिएको छ ।
बाँकेको जानकी गाउँपालिकाले जेष्ठ नागरिक, अपाङ्ग, एकल महिला तथा अति विपन्न परिवारलाई न्यायो प्रदान गर्न सम्मान सहित कम्बलहरु वितरण गरिएको हो ।
गाउँपालिका अन्तर्गत ६ वटै वडामा रहेका जेष्ठ नागरिक, अपाङ्ग, एकल महिला तथा अति विपन्न परिवारलाई न्यानो कम्बल वितरण गरेका हुन ।
गाउँपालिका अध्यक्ष छब्बन खाँ तथा पालिका प्रवक्ता एवम् वडा नम्बर ५ का वडाअध्यक्ष टीकानाथ यादव लगायतले वडा नम्बर १ देखि वडा नम्बर ६ सम्मका ८ सय नागरिकलाई कम्बल सहयोग गर्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष खाँको अध्यक्षतामा भएको वितरण कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत कृष्णा कुमारी भण्डारी, सामाजिक विकास समितिका संयोजक रामअचल धोबी, योजना शाखाकि प्रमुख शोभा पौडेल, जिन्सीका राजु यादव, निरा हमाल, सूचना तथा संचार प्रविधिका शखा अधिकृत विकास जिसि, वडा सदस्य, कर्मचारी तथा स्थानीयवासी लगायतको उपस्तिथि रहेको थियो ।





