शनिबार नेपालगन्जमा खुला व्यायाम प्रतियोगिता

बाँकेपाेष्ट सम्वाददाता

नेपालगन्ज । नेपाली युथ फिटनेस एण्ड क्यालिस्थेनिक्स नेपालगन्जको आयोजनामा नेपालगन्जमा शनिबार चौथो खुला ब्यायाम प्रतियोगिता हुने भएको छ । नेपालगन्ज उपमहानगरपालिका–०१ धम्बोझीमा रहेको एन्फा ग्रासरुट फुटबल मैदानमा हुने प्रतियोगितामा देशभरका १ सय बढी खेलाडीको सहभागिता रहने आयोजकले बताएको छ ।

युवाहरुलाई खेलकुदको माध्यमबाट स्वस्थ बनाउन मद्दत पुग्ने उद्देश्यका साथ  आयोजना हुन लागेकाे प्रतियोगिता नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ ले संयोजन गरेको छ ।  प्रतियोगिता आयोजनामा सहकार्य गरेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ अध्यक्ष प्रमोद रिजालले नेपालगन्जको लागि यो नयाँ खेल भएकाे र हाम्रो वडाले खेलकुदलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको कारण नै हामी वडालाई खेलकुदको हब बनाउने प्रयास गरिरहेको बताउनु भयाे ।

खुला ब्यायाम प्रतियोगितामा वैज्ञानिक आधारमा तय गरिएका फिटनेसका मुल आधारहरु स्टे्रन्थ, इन्डुरेन्स र स्टामिना जस्ता विभिन्न शारीरिक चुनौतीहरु मार्फत सहभागीको फिटनेस अवस्था परीक्षण गर्ने गरेको प्रतियोगिता नेपाली युथ फिटनेस एण्ड क्यालिस्थेनिक्स नेपालगन्जका अध्यक्ष तिलक शाहीले बताउनु भयो ।

प्रतियोगितामा पुरुष सर्किट, महिला सर्किट, पुरुष बार र फन रन विधामा खेलाडीहरुले सहभागिता जनाउनेछन् । आम मानिसहरुलाई पनि प्रतियोगितामा सहभागि गराउने उद्देश्यले ५ किलोमिटर फन रन विधा पहिलो पटक समावेश गरिएको आयोजकले जनाएको छ ।
८ लाख ४० हजार बजेट रहेको प्रतियोगिताको पुरुष सर्किट, महिला सर्किट, पुरुष बार इभेन्ट्समा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश जनही २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार, मेडल प्राप्त गर्नेछन भने फन रनका विजेताले क्रमश १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button