भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका सामानहरू बरामद

मेराज सल्मानी
बाँके । प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छलि गरेर ल्याइएका विभिन्न सामानहरू बरामद गरेको छ। बरामद गरिएका सामानहरूमा लत्ताकपडा, खाद्यन्न सामग्री, रेडी वाटर फ्यान, म्याग्नेसियम भिटामिन लगायतका वस्तुहरू रहेका छन्। प्रहरीले ती सामानहरूको अनुमानित मूल्य करिब ४ लाख ५० हजार १५० रुपैयाँ रहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक पातलीले बरामद गरिएका सामानहरूलाई थप आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको बताए।प्रहरीले सीमा नाकाबाट हुने अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी कडा पारिएको र यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button