अंग्रेजी नयाँ वर्षका अवसरमा होटेल कल्पतरुमा साँगितिक कार्यक्रम

आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा होटलका जनरल म्यानेजर लक्ष्मण पन्थिले सांँगितिक कार्यक्रम पारिवारिक वातावरणमा गर्न लागिएको जानकारी दिए ।

नेपालगन्ज । होटल कल्पतरु नेपालगन्जले सन् २०२५ लाई बिदाइ गर्दै अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांँगितिक उत्सव सहित स्वागत गर्ने भएको छ । पौष २६ गते बुधबार बेलुका ८ बजे होटलको हलमा विशेष समारोहका बिच साँगितिक कार्यक्रम गर्न लागिएको हो ।आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा होटलका जनरल म्यानेजर लक्ष्मण पन्थिले सांँगितिक कार्यक्रम पारिवारिक वातावरणमा गर्न लागिएको जानकारी दिए । पन्थिका अनुसार डिसेम्बर ३१ तारिखका दिन (बुधबार) बेलुका ८ बजेदेखि राती १२ बजेसम्म विशेष सांँगितिक कार्यक्रम सञ्चालन बताए ।

सांँगितिक प्रस्तुतिका लागि कलाकार अस्मिता अधिकारी, महेश काफ्ले र संचिता बुलाखे नेपालगन्ज आउने निश्चित भईसकेको होटलले जनाएको छ । उक्त कार्यक्रम अवलोकन गर्नका लागि करिव साढे ५ सय दर्शक उपस्थित हुने आयोजकको अपेक्षा रहेको छ ।

अंग्रेजी नयाँ वर्षमा नेपालगन्जका अन्य होटलमा हुने सांँगितिक कार्यक्रम भन्दा फरक होटेल कल्पतरु शैली र वातावरणमा कार्यक्रम हुने जनरल म्यानेजर पन्थिले जिकिर गरे । उनले ‘हाम्रो यहाँ एकदमै पारिवारीक वातावरण, भरपर्दो शान्ति सुरक्षा र थोरै शुल्क तिरेर पनि कार्यक्रमबाट दर्शकहरुले भरपुर्ण रुपमा मनोरञ्जन लिन पाउनु हुनेछ ।

कार्यक्रम अवलोकन गर्नका लागि सिङ्गल (एक जना) लाई १ हजार ८ सय र कपल (जोडी) लाई ३ हजार ५ सय रुपैयाँ तथा बालबालिकालाई एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । उक्त शुल्क तिरेपछि अनलिमिटेड स्न्याक्स, खाना, ड्रिंङ्स, कोल्ड ड्रिंङ्स लगायत खाने कुरा ब्यवस्था गरिएको होटलले जनाएको छ ।

चर्चित उद्घोषिका ममता थापाले सञ्चालन गर्ने कार्यक्रममा उपस्थित हुन नेपालगन्ज, कोहलपुर लगायत क्षेत्रका दर्शकहरुलाई चुले निम्तो दिइएको जनरल म्यानेजर पन्थीले बताए । होटलले विगतका वर्षदेखि नै अंग्रेजी नयाँ वर्षको अवसरमा विशेष कार्यक्रम गर्दै आएको छ । ‘अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा गत वर्ष होटलले गरेको कार्यक्रम सोचेको भन्दा राम्रो भएको थियो, हामीले घाटा-नाफा हेर्ने भन्दापनि होटल कल्पतरुले आफ्ना ग्राहक र शुभचिन्तकलाई मनोरञ्जन प्रदान गर्नु मुख्य उद्देश्य हो, “उनले भने ।”

नेपालगन्जको न्युरोडमा सञ्चालित उक्त होटलले चार तारे स्तरको मान्यता पाएको छ । पत्रकार सम्मेलनमा होटलका एचआर शिवानी गुप्ता लगायत विभिन्न विभागका प्रमुखहरु उपस्थित भएका थिए । पत्रकार सम्मेलनमा पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले होटल कलपत्रुले गर्न लागेको नयाँ वर्ष विशेष कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button