जानकीमा आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता भोलिदेखि सुरु हुने

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड छनौट तथा पालिका स्तरीय अन्तर विद्यालय आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता- २०८२ बुधबारदेखि सञ्चालन गरिने भएको छ । शिक्षा युवा तथा खेलकुद शाखा मानपुरको आयोजना र जानकी गाउँपालिकाको आर्थिक सहयोगमा  पौष १६ गतेदखि १८ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।जानकी गाउँपालिका वडा नम्वर-३ स्थित नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालय मानपुरको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा भलिवल, कबड्डी तथा एथलेटिक्स (ट्रयाकतर्फ) १०० मिटर दौड, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर दौड हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा रिले र हाईजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सर्टफुड, कुर्सी दौड र गणित दौडसमेत सञ्चालन हुने शिक्षा, युवा तथा खेलकुद शाखाकि प्राविधिक सहायक झुमि कुमारी वलीले जानकारी दिइन् ।

यसैगरी प्रावि तहका ७० जना विद्यार्थी, आधारभूत तहका ४८ जना विद्यार्थी र मावि तहका २ सय १९ विद्यार्थी गरि ३ सय ३७ जना खेलाडीलाई प्रतिस्पर्धामा सहभागी गराइएको शिक्षा, युवा तथा खेलकुद शाखा एवम्  सचिवालय संयोजक कृष्णा कुमारी भण्डारीले बताइन् ।

गाउँपालिका स्तरबाटै खेलकुदलाई प्राथमिकतामा राखेर ३ दिनसम्म सञ्चालन हुने प्रतियोगिताका लागि करीब ८ लाख बजेट छुट्याइएको जनाइएको छ ।जानकी गाउँपालिका बाँकेका अध्यक्ष छब्बल खाँको संयोजकत्वमा बसेको बैठकमा  प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय, स्वकीय सचिव शोहराव अलि इद्रीसी, सामाजिक विकास संयोजक रामअचल धोबी, ३ नम्बरका वडाध्यक्ष राजकुमार कुर्मी, ५ नम्बरका वडाध्यक्ष टिकानाथ यादव, आइ. टि विकास जिसि, जिन्सी शाखाका राजु यादव, शिक्षक तथा कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button